दफा ५ख
दर्ता गर्न आदेश दिन सक्ने

दर्ता हुनु पर्ने व्यक्तिले दर्ता नगरी कुनै कारोबार गरिरहेको छ भन्ने कुरा कर अधिकृतलाई मनासिब लागेमा त्यस्तो व्यक्तिलाई दर्ता गर्न आदेश दिन सक्नेछ ।

तर दफा ९ बमोजिम तोकिएको रकमसम्मको मात्र कारोबार गरेको हुँदा दर्ता हुनु नपर्ने भन्ने जिकीर लिने व्यक्तिले दर्ता गर्ने आदेश प्राप्त भएको मितिले तीस दिनभित्र सो कुराको प्रमाण पेश गर्नु पर्नेछ ।